कोरोना संक्रमितको अवस्था, अझै बागमती प्रदेश ‘रेड जोन’मा

तामसालिङ खबर
११ भाद्र २०७८, शुक्रबार १४:०९

भदौं, काठमाडौं – नेपालमा २० जिल्लामा ५ सयभन्दा माथि उपचारार्थ कोरोना संक्रमित रहेका छन् । यो संख्या प्रदेशगत आधारमा हेर्ने हो भने बागमती प्रदेश पहिलो स्थानमा रहेको छ ।

बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र नुवाकोट गरी ८ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङकमा उल्लेख छ ।

होम आइसोलेसन रहनेको प्रदेशगत विवरण
बागमती प्रदेश
१४ हजार १३७

गण्डकी प्रदेश
८ हजार ४०

प्रदेश १
५ हजार ६३६

लुम्बिनी प्रदेश
३ हजार १२२

प्रदेश २
१ हजार ४४७

कर्णाली प्रदेश
१ हजार ३३८

सुदूरपश्चिम प्रदेश
९५६

गण्डकीका ७, प्रदेश १ का ३, लुम्बिनीका २ र कर्णालीका सुर्खेत गरी २० जिल्ला ५ सयभन्दा बढी सक्रिय रहेका छन् । सरसर्ती तथ्याङ्क हेर्दा वाग्मती प्रदेश, त्यसमा पनि काठमाडौं उपत्यका उच्च जोखिममा रहेको देखिन्छ । वाग्मतीमा संस्थागत आइसोलेसनमा १ हजार ३७९,आइसीयुमा ३७२, भेन्टिलेटरमा १०२ र मृत्यु हुनेको संख्या हालसम्म ५ हजार ५४३ जना रहेका छन् ।

कोरोना संक्रमित र निको हुनेको अवस्था हेर्ने हो भने प्रदेश २ मा सबै भन्दा कम रहेको छ । यस प्रदेशमा होम आइसोलेसनमा १४ सय ४७, संस्थागत आइसोलेसनमा ११ जना, आईसीयु र भेन्टिलेटरमा शून्य संख्या रहेको छ ।

हालसम्म प्रदेश २ मा कोरोना संक्रमणबाट ७५६ जनाको मृत्यु भएको छ । १९ जिल्लामा २ सयभन्दा बढी संक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

प्रदेश नम्बर १ मा संस्थागत आइसोलेसनमा ५९८ आईसीयुमा ९७, भेन्टिलेटरमा ४९ र हालसम्म १५ सय २५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । गण्डकीमा २८९ संस्थागत आइसोलेसनमा ८२ जना आईसीयु, ८ जना भेन्टिलेटरमा छन् भने हालसम्म १२ सय ४० जनाको मृत्यु भएको छ ।

लुम्बिनी प्रदेशमा ४३५ संस्थागत आईसोलेसन,५४ आईसीयु, ७ जना भेन्टिलेटरमा उपचाररत छन् भने १६ सय ७६ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । कर्णालीमा ५५ जना संस्थागत आईसोलेसन, ९ जना आईसीयुमा रहेका छन् भने मृत्यु हुनेको संख्या ४४७ जना रहेको प्रदेशगत आधारमा मृत्यु हुनेको संख्या सबैभन्दा कम संख्या हो ।

सुदूरपश्चिम प्रदेशमा संस्थागत आईसोलेसनमा १५६, आई.सी.यु ८ र भन्टिलेटरमा ५ जना रहेका छन् । यस्तै कोरोना संक्रमणबाट यस प्रदेशमा हालसम्म ४५६ जनाको मृत्यु भएको छ । देशभर ८१ वटा प्रयोगशालाबाट कोरोनाको नमुना परीक्षण भइरहेको छ ।

देशभर ७८ वटा सरकारी तथा गैरसरकारी कोभिड–१९ केयर युनिट संचाल भएको पनि मन्त्रालयले उल्लेख गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*