मन्त्रीको बाडफाड-कांग्रेसलाई ७, माओवादी, नेकपा समाजवादी र जसपालाई ६-६ मन्त्रालय

पत्रपत्रिकाबाट
११ भाद्र २०७८, शुक्रबार ०७:०३

भदौं, काठमाडौं – सत्ता गठबन्धन आबद्ध दलले मन्त्रालयको संख्याको भागबन्डा टुंग्याएका छन् । गठबन्धन आबद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) बीच १४ भदौमा मन्त्रिपरिषद् विस्तार गर्ने सहमति सहित मन्त्रालयको संख्यामा भागबन्डा भएको हो ।

गठबन्धन आबद्ध दलका एक नेताका अनुसार कांग्रेसले कुल सात, माओवादी, नेकपा एस र जसपाबीच समान रूपमा एक राज्यमन्त्रीसहित ६-६ मन्त्रालय बाँडफाँट गर्ने सहमति भएको छ । संविधानमा भएको व्यवस्थाअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा कुल २५ मन्त्री राख्न पाउँछन् ।

‘मन्त्रालयको भागबन्डा मोटामोटी सकियो, सम्भवतः १४ गते मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ, कांग्रेसले कुल सात, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जसपाले समान रूपमा एक राज्यमन्त्रीसहित ६/६ मन्त्रालय लिने गरी सहमति जुटेको छ, सम्भवतः त्यही दिन नै मन्त्रिपरिषद् विस्तार हुन्छ,’ गठबन्धन आबद्ध ती नेताले राजधानीसँग भने । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*