ओली सुध्रन्छन् र गोरु ब्याउँछ भन्‍नु उस्तै उस्तै हो – बाबुराम भट्टराई

तामसालिङ खबर
९ भाद्र २०७८, बुधबार ०७:५३

भदौं, काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुध्रन्छन् र गोरु ब्याउँछ भन्‍नु उस्तै उस्तै भएको बताउनुभएको छ ।

डा भट्टराईले सामाजिक सञ्जालमार्फत एमालेका दोस्रो पुस्ताका नेताहरुलाई ब्यंग्य गर्दै ओली सुध्रन्छन् र गोरू ब्याउँछ भनेर आश गर्नु उस्तै-उस्तै हैन र ? भन्दै व्यंग्यात्मक प्रश्न गर्नुभएको हो ।

उहाँलेले दोस्रो पुस्ताका नेताहरूमा सत्तरी आसपासका बुढाहरूको जत्ति पनि सत्य र न्यायको परख र दूरदृष्टि तथा विद्रोही चेतरआँट नभएको टिप्णी गर्नुभएको छ ।

डा भट्टराईले ट्वीटरमा लेख्नुभएको छ – ‘हामी सत्तरी आसपासका बुढाहरूको जत्तिपनि सत्य र न्यायको परख र दूरदृष्टि तथा विद्रोही चेत/आँट नभएका दोश्रो पुस्ताका नेताहरूलाई के भन्ने होला खै ! बाघ बुढो र स्याल तन्नेरी भन्दा चित्त दुख्ला ! ओली सुध्रन्छन् र गोरू ब्याउॅछ भनेर आश गर्नु उस्तै उस्तै हैन र ? चुनावचिन्ह नै पार्टी हो र ? खै चेत ?’

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*