स्रोत नखुलेको ८५ लाख ५६ हजार रकम सहित तीन पक्राउ

तामसालिङ खबर
९ भाद्र २०७८, बुधबार ०७:१६

भदौं, काठमाडौं – नेपाल प्रहरीले स्रोत नखुलेको रु ८५ लाख ५६ हजार रकम सहित तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले स्रोत नखुलेको उक्त रकम सहित लक्ष्मण पौडेल, अभिषेक अग्रवाल र मधुसुदन खड्कालाई मंगलबार काठमाडौँ महानगरपालिका–२२ खिचापोखरीबाट पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले सिमराका ३२ वर्षीय पौडेलले बोकेको झोलामा रु ३१ लाख रकम शङ्कास्पदरूपमा फेला पारेपछि पक्राउ गरेर सोधपुछ गर्दा थप ५४ लाख ५६ हजारसहित अग्रवाल र खड्कालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ पौडेललाई सोधपुछ गर्दा होलिडे ट्रेडिङ प्रालिका सञ्चालक समेत रहेका अग्रवालले दिएको खुलेपछि प्रहरीले अग्रवाल र उनका कामदार खड्कालाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरुलाई समानान्तर बैंकिङ कारोबार (हुण्डी) कारोबार गरेको हुनसक्ने भएकाले थप अनुसन्धान गरिरहेको प्रवक्ता बस्नेतले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*