माओवादी केन्द्रले भदौ मसान्तसम्म सदस्यता नविकरण र बितरण गर्ने

तामसालिङ खबर
७ भाद्र २०७८, सोमबार १९:०१

भदौं, हेटौंडा – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र मकवानपुरको जिल्ला सचिवालय समितिको बैठकले यही भदौ मसान्तसम्म पार्टी सदस्यता नविकरण र बितरण गरिसक्ने निर्णय गरेको छ ।

सोमबार पार्टी कार्यालय हेटौंडामा बसेको सचिवालय बैठकले सो निर्यण गरेको हो । पार्टीका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यता तथा पार्टी जिल्ला अध्यक्ष प्रेम बहादुर पुलामी (छिन्तु) को अध्यक्षतामा बैठक बसेको हो ।

भदौ मसान्त भित्र पार्टीका सेल कमिटिहरु निर्माण, भेला तथा बैठक गरिसक्ने निर्णय गरेको नेकपा माओवादी केन्द्र मकवानपुरका सचिवालय सदस्य तथा प्रचार बिभाग प्रमुख कमानसिं पाख्रिनले बताए ।

बैठकले आउँदो असोज दश गतेभित्र जिल्लाको एकसय दुईवटै वडाको भेला, सम्मेलन सक्ने निर्णय भएको उहाले बताउनु भयो। किसान, महिला, युवा, जनस्वास्थ्य, दलित,कर्मचारी,विद्यार्थी, शिक्षक, पूर्व जनमुक्ति सेना लगायत जनवर्गीय संगठनहरुको भेला, बैठक र सम्मेलनहरु भदौ मसान्तभित्र सम्पन्न गर्ने निर्णय भएको पाख्रिनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*