मनहरीमा माओबादी केन्द्रको टोल-टोलमा कमिटि गठन गर्दै

तामसालिङ खबर
७ भाद्र २०७८, सोमबार १६:५१

भदौं, हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको मनहरीमा नेकपा माओबादी केन्द्रको वडा स्तरिया कमिटि गठन सकिए संगै टोल कमिटि गठन गर्न थालेको छ ।

आईतबार गाँउपालिकाको ७ नम्बर स्थित शान्तिटोलमा नेकपा माओबादी केन्द्रको टोल स्तरिय कमिटि गठन गरिएको छ । पासाङ लामाको अध्यक्षतामा १९ सदस्यीय कमिटी गठन गरिएको हो ।

टोल कमिटिको सचिवमा रिता लामा रहनु भएको छ । कमिटि गठन कार्यक्रममा नेकपा माओबादी केन्द्र ७ नम्बर वडा अध्यक्ष गोबिन्द ग्लान , वडा ईन्चार्ज बिमला ग्लान लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*