माधव नेपालको पार्टीको नाम ‘नेकपा एकीकृत समाजवादी’ राखियो

तामसालिङ खबर
४ भाद्र २०७८, शुक्रबार १८:२८

भदौं, काठमाण्डौ – पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको पार्टीको नाम ‘नेकपा एकीकृत समाजवादी’ राखिएको छ ।

बुधबार मात्र नेकपा एमालेबाट अलग भएको नेपाल समूहले नेकपा एमाले समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

तर निर्वाचन आयोगका अधिकारीहरुले सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार एउटा पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने बताए । राजनीतिक दलसम्बन्धी अध्यादेशको नियमावली अनुसार शुक्रबार नयाँ निवेदन दिँदा नाम पनि फेरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*