वाइसिएल मनहरी २ को अध्यक्षमा ईमान सिं भुलुन

तामसालिङ खबर
७ भाद्र २०७८, सोमबार ०९:५९

भदौं, हेटौडा (मनहरी) – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको भातृसंगठन योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) मनहरी २ मा वडा कमिटि गठन भएको छ ।

वाइसिएल वडा कमिटिको अध्यक्षमा ईमान सिङ्ग भुलुन चयन भएको छ । कमिटिको उपाध्यक्षमा मनोज स्याङबो, किरण भुलुन सचिबमा शुक्रमान थोकर, कोषाध्यक्ष सुनिता स्याङ्तान, लगायत चयन भएका छन्।

त्यस्तै, कमिटिको सदस्यहरुमा हरि वाइबा, शिवराज घलान, प्रकाश थिङ, राज भुलुन, बिक्रम मोक्तान, श्यामलाल गोले, अकल बहादुर रुम्बा, बिपिन स्याङ्तान, भिमबहादुर ब्लोन, गौतम स्याङ्तान, अर्जुन घलान, सुरेन मगर, रमेश थिङ लगायतको चयन भएको छ ।

भेलामा पार्टीको बागमती प्रदेश सदस्य ओमबहादुर ग्लान, जिल्ला सचिवालय सदस्य एवम् मनहरी इन्चार्ज राजकुमार पाख्रिन, जिल्ला सदस्य बिर बहादुर घलान, हिरा लाल स्याङ्तान, वाइसिएल बागमती प्रदेश कमिटि सदस्य किरण मोक्तान, वाइसिएल मनहरी अध्यक्ष कृष्ण रुम्बा झाक्री लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*