मानुषी लघुवित्तको आईपीओ सोमबार बाँडफाँड हुने
भदौं, काठमाडौं – मानुषी लघुवित्तले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) सोमबार बाँडफाँड हुने भएको छ ।
कम्पनीको बिक्रि प्रबन्धक एसबिआई क्यापिटलले सोमबार बिहान ८ः ३० बजे क्यापपिटलको केन्द्रिय कार्यालयमा हुने जनाएको हो । कम्पनीले गत साउन २७ गतेदेखि साउन ३१ गतेसम्म सर्वसाधरणका लागि आईपीओ निष्कासन गरेको थियो ।
कम्पनीले सर्वसाधारणका लागि तीन लाख ६८ हजार ५९३ कित्ता सेयरका सर्वसाधारणहरूका लागि छुट्याइएको थियो । कम्पनीको आइपीओमा २४ लाख ३ हजार ५५ जना आवेदकले ३ करोड ६ लाख ३२ हजार ४ सय ५० कित्ताको लागि आवेदन दिएका छन् ।