कांग्रेस मकवानपुरका कार्यसमिति सदस्य परियारको निधन

तामसालिङ खबर
६ भाद्र २०७८, आईतवार १४:३७

भदौं, हेटौडा – कांग्रेस मकवानपुरका कार्यसमिति सदस्य मिलन परियारको कोरोना संक्रमणका कारण निधन भएको छ ।

हेटौंडा – ९ निवासी ५० बर्षीय परियारको आइतबार विहान १ बजे पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको
छ ।

कोरोना संक्रमणका कारण स्वास्थ्य जटिल बन्दै गएपछि उनलाई चितवनको भरतपुरस्थित सिएमसि अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो । सिएमसीले थप उपचारको लागि पाटन अस्पताल रिफर गरेको थियो ।

पाटन अस्पतालमा उपचारको क्रममा उनको आज बिहान निधन भएको हो । उनी मुटु सम्बन्धी रोगबाट पीडित रहेको समेत रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*