नेतृत्व तहले १० बुँदेको पूर्ण पालना गर्नुपर्छ – मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य

तामसालिङ खबर
५ भाद्र २०७८, शनिबार १८:५३

भदौ, काठमाडौं – नेकपा (एमाले) का उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पार्टी एकताको लागि नेतृत्व तहले १० बुँदेको पूर्णपालना गर्नुपर्ने बताएकी छन् ।

एमाले रामेछाप-काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा शाक्यले आफू सदैव एकताको पक्षमा रहेको स्पष्ट पार्दै नेतृत्व तहले १० बुँदेको पूर्णपालना गर्नुपर्ने बताएकी हुन् ।

शाक्यले केही शक्तिले एमालेलाई कमजोर बनाउन खोजिरहेको आरोप पनि लगाइन् । अहिलेको अवस्थाबाट पार्टीले नोक्सानी व्यहोरेको भन्दै उनले नेतृत्वभित्रको बेमेलको कारण पार्टी एक हुन नसकेको बताइन् ।

आफूभित्र लडेर पार्टीलाई फाइदा नहुने भएकाले सबै एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राखिन् । उनले बागमती प्रदेशका पार्टी र मुलुकलाई जोगाउन एकताबद्ध भएर अगाडि बढ्ने निर्णय गरिएको जानकारी पनि दिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*