मुख्यमन्त्री फेरबदलमा हाम्रो संलग्नता छैन – नेता पाण्डे

तामसालिङ खबर
३ भाद्र २०७८, बिहीबार ०७:०६

भदौ, हेटौडा – बागमती प्रदेशको मुख्यमन्त्री फेरबदल प्रक्रियामा आफुहरुको संलग्नता नरहेको माधवकुमार नेपाल निकट सांसदले बताएका छन् ।

बागमती प्रदेशसभा सदस्य समेत रहेका नेता राजेन्द्र पाण्डेले के आधारमा मुख्यमन्त्री परिवर्तन गर्न लागियो भन्नेबारे आफूहरुलाई जानकारी नभएको बताए ।

पाण्डेले यसअघि पार्टीका तर्फबाट प्रदेश स्तरमा बनाइएको कार्यदलकै एजेण्डा अनुसार आफूहरु अघि बढेको भन्दै अहिले मुख्यमन्त्रीको डोरमणि पौडेलको राजीनामा र नयाँ मुख्यमन्त्री चयनबारे आफूहरुलाई कुनै जानकारी नरहेको बताए ।

‘अष्टलक्ष्मीजीलाई के आधारमा मुख्यमन्त्री बनाउने निर्णय भयो भन्नेबारे हामीलाई थाहा छैन’ उनले भने, ‘यो निर्णयको स्वामित्व हामीले लिने अवस्था छैन ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*