माधव नेपालको सुरक्षा बढाइयो

तामसालिङ खबर
२ भाद्र २०७८, बुधबार २२:५२

भदौ, काठमाण्डौ – नेकपा एमालेबाट विभाजन भएर नयाँ पार्टी दर्ता गरेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सुरक्षा बढाइएको छ । प्रहरी प्रधान कार्यालयले आकस्मिक रूपमा नेपालको सुरक्षामा एउटा गाडीसहित पाँच जना सुरक्षाकर्मी खटाएको हो ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार प्रहरी नायब निरीक्षकको नेतृत्वमा रहेको उक्त टोलीले नेपालको अग्रपंक्तिको सुरक्षा गर्छ । ‘सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै हाल अस्थायी रूपमा उहाँको सुरक्षामा प्रहरी बढाइको हो, आजैदेखि टोली खटिएको छ,’ एक उच्च प्रहरी अधिकारीले भने ।

यसअघि नेपालको सुरक्षामा नेपाल प्रहरीका दुई जना र सशस्त्रको गाडीसहितको टोली थियो। भिभिआइपी/भिआइपीको सुरक्षासम्बन्धी निर्देशिका २०७७ कार्यान्वयनमा आएपछि नेपालको सुरक्षामा रहेको अगुवा गाडीसहितको टोली फिर्ता गरिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*