अब मनहरीमा आँखाको उपचार नियमित हुने

तामसालिङ खबर
१ भाद्र २०७८, मंगलवार १८:०७

भदौ, हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको आँखाका रोगीले अब मनहरीमा नै नियमित रुपमा उपचार पाउने भएको छ ।

आँखा सम्बन्धि रोगीहरुको समस्यालाई मध्यनजर गर्दै मनहरी सामुदायिक आँखा उपचार केन्द्र सञ्चालनको तयारी थालिएको मनहरी गाँउपालिकाका अध्यक्ष एक राज उप्रेतीले बताउनु भयो ।

जसका लागि मनहरी गाउँपालिका र हेटौंडा सामुदायिक आँखा अस्पतालबीच सम्झौता भएको छ । यसअघि हेटौंडा सामुदायिक आँखा अस्पतालले नेपाल रेडक्रस सोसाइटी मनहरी उपशाखाको समन्वयमा साप्ताहिक रुपमा सामुदायिक आँखा केन्द्र सञ्चालन गर्दै आएको थियो ।

आँखा केन्द्र सञ्चालनका लागि मनहरी गाउँपालिकाबाट दुईजना कर्मचारीको खर्च सहित अन्य व्यवस्थापन खर्च मनहरी गाउँपालिकाले उपलव्ध गराउने गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताए ।

हेटौंडा सामुदायिक आँखा अस्पतालका बरिष्ठ प्रशासकीय अधिकृत सुधीर श्रेष्ठले आगामी ३ महिनामा मनहरीमा दैनिक रुपमा आँखा जाँच, चश्मा मर्मत, रिफरल सेवा सहितको सामुदायिक आँखा केन्द्र सञ्चालन गर्ने योजना रहेको जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*