अव नयाँ दल मार्फत जनतामा जान्छौँ – माधव नेपाल

तामसालिङ खबर
१ भाद्र २०७८, मंगलवार १८:३४

भदौ, काठमाडौं – नेकपा एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली एकताका लागि इमान्दार नभएको कारण अब अर्को पार्टी दर्ता गरिने जानकारी दिएका छन् ।

मंगलबार बानेश्वरमा सांसद तथा केन्द्रीय सदस्यको भेलामा नेता नेपालले अव छुट्टै पार्टी दर्ता गरेर अघि बढ्ने बताएका हुन् । केपी शर्मा ओली इमानदार नभएपछि एमालेमा बस्नु के अर्थ छ भन्दै उनले अव नयाँ दल मार्फत जनतामा जाने बताएका थिए ।

छलफलपछि एमाले सांसद मेटमणी चौधरीले एमाले बिभाजन गर्ने कुरा टुङ्गो लागेको बताए । २० प्रतिशत थ्रेसहोल्ड राखेर नयाँ पार्टी दर्ता गर्ने कानून आए लगतै दल दर्ता हुने उनको भनाई छ । उहाले लोकतान्त्रीक पार्टीमा नयाँ दल दर्ता गर्ने अधिकार सवैलाई भएको र कसैले रोक्न नसक्ने धारणा राखे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*