नेपाल आइडलको डिजिटल अडिसन आज देखि शुरु
साउन, काठमाडौं – नेपाल आइडलको चौथो संस्करणको नेपाल आइडलका लागि आज देखि डिजिटल अडिसन हुँदैछ । नेपाली टेलिभिजन इतिहास कै सबैभन्दा ठूलो र सफल गायन रियालीटी सो नेपाल आइडलले सिजन फोरका लागि डिजिटल अडिसन भदौ १ गते देखि सुरु गर्न लागेको हो ।
कोरोनाका कारण प्रभावित रियालिटी शोको नयाँ संस्करणलाई अघिल्ला सिजनभन्दा सशक्त रुपमा ल्याउने तयारी गरेको प्रोडक्सन टिमले सुरुमा डिजिटल अडिसनमा जाने निर्णय गरेको हो ।
डिजिटल अडिसनमा देश तथा विदेशमा रहेका १६ वर्षदेखि ३० वर्ष उमेर समूहका नेपाली नागरिक सहभागी हुन पाउने छन् । एपी वान टेलिभिजनबाट प्रसारण हुँदै आएको नेपाल आइडलको चौथो संस्करणको अडिसन पहिलेभन्दा फरक र पृथक ढंगले गर्न लागेको हो ।
नेपाल आइडलको चौथो संस्करणका लागि डिजिटल अडिसन घरमै बसेर दिन सकिनेछ । अडिसनका लागि मोवाइलको प्ले स्टोरमा गएर एपी वान एप्लिकेसन डाउनलोड गर्नुपर्नेछ ।
अडिसन ओपनमा गएर नेपाल आइडल क्लिक गरी त्यहाँ मागिएको विवरण भर्नुपर्नेछ र आफ्नै स्वरमा गाएको दुई वटा फरक विधाका गीत अपलोड गरी अडिसन दिन सकिनेछ।