इजरायल ‘केयरगिभर’ का लागि आवेदन दिने पुरूष धेरै, प्राथमिकतामा महिला

तामसालिङ खबर
१ भाद्र २०७८, मंगलवार ०९:५९

भदौ, काठमाण्डौ – इजरायलमा ‘केयरगिभर’ का लागि आवेदन दिने म्याद सकिएको छ। अन्तिम दिन साउन ३२ सम्म नौ हजार छ सय ९९ नेपालीहरुले आवेदन दिएका छन्।

वैदेशिक रोजगार विभागका अनुसार आवेदन दिनेमा पाँच हजार चार सय ९९ पुरुष छन् भने चार हजार दुई सय महिला छन् । आवेदनकहरु मध्येबाट योग्यता पुगेका युवाहरु विभागले छनोट गर्नेछ ।

इजरायलले एक हजार लैजाने छ। जसमध्ये ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष इजरायल जान पाउनेछन्। इजरायलले महिला श्रमिकहरुलाई प्राथमिकतामा राखेको भए पनि आवेदन दिनेमा पुरुषहरुकै संख्या बढी देखिएको छ।

आवेदन दिएकाहरुलाई सक्कल कागजातसहित विभागले मिति समय र स्थान तोकि उपस्थितका लागि अनुरोध गर्नेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*