प्रतिगमनको खतरा कायमै रहेको माओवादी केन्द्रीय समितिको निष्कर्ष

तामसालिङ खबर
३२ श्रावण २०७८, सोमबार ०९:१४

साउन, काठमाण्डौ – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले प्रतिगमनको खतरा कायमै रहेको निष्कर्ष निकालेको छ । शुक्रबारबाट सुरु बैठक शनिबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा प्रस्तुत राजनीतिक र विधान संसोधन प्रस्ताव सर्वसम्मत पारित भएर सकिएको नेता नारायणकाजी श्रेष्ठले बैठकपछि जानकारी दिए ।

साथै बैठकले विधान संशोधन र समसामयिक प्रतिवेदन पनि पास गरेको जानकारी श्रेष्ठले दिए । बैठकमा पेश भएको अध्यक्षको प्रतिवेदनमा खासगरी आजको राजनीतिक कार्यभार र पार्टीको सांगठनिक अवस्थाबारे निर्दिष्ट गरेका नेता श्रेष्ठले जानकारी दिए ।

‘खासगरी प्रतिगामी खतरा कायमै रहेको र सजग भएर अघि बढ्नुपर्ने, राष्ट्रिय एकताका लागि वाम लोकतान्त्रिक सहकार्यलाई निरन्तरता दिन आवश्यक छ’, नेता श्रेष्ठले बैठकको निष्कर्ष सुनाउँदै भने ।

बैठकले आगामी पुस दोस्रो साता पार्टीको राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । बैठकको समापन अघि समूहगत छलफल गरेर आएको सुझाबलाई समेटेर विभिन्न प्रतिवेदनहरू पारित भएका थिए ।

समापन बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीलाई विचार र क्रान्तिकारी रुपान्तरण गर्न सहयोग पुर्याउन संश्लेषण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*