मनहरीमा माओवादी केन्द्रको नौ ओटै वडा कमिटी भेला सकियो (नामावली सहित)

तामसालिङ खबर
३१ श्रावण २०७८, आईतवार १९:४२

साउन, हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको मनहरी गाउपालिकामा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र मनहरी गाउँ कमिटीको ९ ओटै वडामा भेला सम्पन्न भएको छ ।

माओवादी केन्द्रको केन्द्रिय सचिवालय समितिको निर्णय अनुसार देशभरका वडा कमिटि गठन तथा पुनर्गठन गर्ने क्रममा मनहरी गाउँपालिकाको ९ ओटै वडाको भेला सम्पन्न भएको हो । भेलाले मनहरी गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा शिशु कुमार जिम्बा, सचिवमा सुमित्रा पराजुली लगायत २१ सदस्यीय वडा कमिटी गठन गरेको छ ।

वडा नम्बर २ को वडा कमिटी अध्यक्षमा राजकुमार स्याङ्बो, सचिबमा समिर डिम्डुङ्ग सहित २७ सदस्यीय, वडा नम्बर ३ मा अध्यक्ष बिदुर खडका, सचिवमा उमेश गौतम लगायत २२ सदस्यीय, वडा नम्बर ४ को अध्यक्षमा श्रीकृष्ण ढकाल, सचीव भिमलाल रुम्बा लगायत २९ सदस्यीय वडा कमिटी गठन भएको छ ।

त्यस्तै, पार्टीको वडा नम्बर ५ का वडा कमिटी अध्यक्ष मीन बहादुर लामाले पार्टिको नीति नियम तथा अनुशासन उल्ल्घन गरेको भन्दै गत साउन २७ गते बसेको गाउ कमिटिको सचिवालयको बैठकले कार्बाही गरेको छ । कारबाही पछि सो वडा कमिटिको अध्यक्षमा कृष्ण प्रसाद रिजाललाई चयन गरेको छ । भने सचिवमा कान्छाराम मुक्तान सहित २१ सदस्यीय वडा कमिटि गठन गरिएको हो ।

यस्तै गरि, पार्टीको वडा नम्बर ६ को वडा कमिटी अध्यक्षमा डम्बर बहादुर मुक्तान, सचीवमा इन्द्रबहादुर राई लगायत २१ सदस्य सदस्यीय, वडा नम्बर ७ कमिटिको अध्यक्षमा गोबिन्द गलान, सचिव राजन गिरी सहित २९ सदस्यीय, वडा नम्बर ८ मा अध्यक्ष हरि प्रसाद कालाखेती, सचिवमा राजेन्द्रकुमार मोक्तान लगायत २१ सदस्यीय र वडा नम्बर ९ मा अध्यक्ष सोमलाल गोले, सचीवमा मनोज थापा लगायत १७ सदस्यीय वडा कमिटि गठन गरिएको मनहरी गाउपालिका कमिटि इन्चार्ज राजकुमार पाख्रिनले बताउनु भयो ।

मनहरी गाउपालिका कमिटिको वडा नम्बर १ देखि ९ सम्म वडा कमिटीको पदाधिकारी तथा सदस्यहरुको नामावली यस प्रकारको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*