मकवानपुरमा बजार खुल्ने समय हेरफेर, निषेधाज्ञा भदौ १० गते सम्म थपियो

तामसालिङ खबर
३१ श्रावण २०७८, आईतवार १७:१३

साउन, हेटौडा – बामगति प्रदेशको राजधानी हेटौडा मकवानपुरमा जारी निषेधाज्ञा भदौ १० गते सम्म थप भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले जारी निषेधाज्ञामा कडाई गरि थप गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेका अनुसार, अब मकवानपुरमा खाद्यान्न व्यवसाय बिहान ५ बजे देखि १० बजे सम्म सञ्चालन हुनेछ भने अन्य व्यवसाय १० बजे देखी ५ बजे सम्म सञ्चालन हुने छ । यस अघि खाद्यान्नको समय १० बजे सम्म र अन्य १२ बजे देखी ४ बजे सम्म रहेको थियो ।

त्यस्तै, बैंक तथा वित्तिय संस्था हरेक दिन १० बजे देखी २ बजे सम्म खुला राख्ने निर्णय गरेको छ । त्यसैगरी मकवानपुरमा माक्स अभियानलाई शसक्त रुपमा लैजाने भएको छ ।

माक्स नलगाउनेलाई जरिवाना समेत लिने भएको छ । अन्य निर्णय भने पुरानै यथावत् रहने प्रशासनले जनाएको छ । समय सिमा भन्दा व्यवसाय गरिएको पाइएमा कडाभन्दा कडा कारवाही गरिने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*