वंशगोपालमा सिभिल र सर्वे-इजिनियरिङमा भर्ना आवेदन खुला
साउन, हेटौडा – मकवानपुरको हेटौंडा – ६ मा रहेको वंशगोपाल माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) ले सिभिल तथा सर्वे इंजिनियरिङ ३ बर्षे कोषमा भर्ना आवेदन खुला गरेको छ ।
सिभिल तथा सर्वे इंजिनियरिङ ३ बर्षे कोषमा भर्ना खुला गरिसकिएको र भदौ १८ गते सम्म योग्य र इच्छुक विद्यार्थीले आवेदन दिन सक्ने बिद्यालयको प्राविधिक शिक्षालयका संयोजक रविन पाठकले जानकारी दिए ।
शिक्षालयमा उत्कृष्ठ ल्याब, वर्कशप, व्यवस्थित ड्रइङ रुम, आकर्षक कम्प्यूटर ल्याब स्थापना भइसकेको र अनुमवी प्रशिक्षकबाट अत्याधुनिक प्रविधिमार्फत् अध्यापन क्रियाकलाप संचालन गरिने भएको छ ।
प्राविधिक शिक्षा अध्यापन गराउनको लागि छुट्टै र व्यवस्थित भवन रहेको र टाढाका विद्यार्थीहरुका लागि यातायातको पनि प्रबन्ध मिलाइएको उनले बताए ।
सिटिइभिटीबाट मान्यता प्राप्त यस विद्यालयले एसईई पछि ३ बर्षे डिप्लोमा तहको सिभिल तथा जियोमेटिक्स सर्वे इन्जिनियरिङ अध्यापन गराउने पहिलो शिक्षालयको रुपमा रुपमा चिनाउन सफल भएको छ ।
त्यस्तै, प्राबिधिक बाहेक कक्षा ११ मा साइन्स, एजुकेशन, म्यानेजमेन्ट र ह्युमानिटिज लगायतका संकायमा भर्ना आवेदन खुला गरिएको बिद्यालय प्रशासनले जानकारी दिए ।