काँग्रेस महाधिवेशन मंसिरमा हुने, वडा अधिवेशन भने भदौ १८ मा

तामसालिङ खबर
३१ श्रावण २०७८, आईतवार १२:०२

साउन, काठमण्डौ – नेपाली कांग्रेसको महाधिवेशन नयाँ तालिका सार्वजनिक गरेको छ । शनिबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले आगामी मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो ।

यसअघि भदौ १६ देखि १९ गतेसम्म हुने भनिएको महाधिवेशन क्रियाशील सदस्यता विवादका कारण अन्योलमा परेपछि महाधिवेशनको नयाँ तालिका निर्धारण गरिएको  हो । पार्टीको वैधानिकता खारेज हुने भएकाले महाधिवेशनको प्रक्रिया कांग्रेसले भदौ १८ देखि नै सुरु गर्ने छ ।

कांग्रेस केन्द्रीय सदस्य दिलेन्द्र बडुका अनुसार भदौ १८ मा वडा तहको अधिवेशन हुनेछ । पालिकाहरूका अधिवेशन भदौ २७, प्रदेशसभा निर्वाचन क्षेत्रहरुमा असोज १, एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला र क्षेत्रमा असोज ५ गते अधिवेशन सम्पन्न गरिनेछ ।

दुईभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको असोज १० र सात प्रदेशहरूमा कात्तिक १० देखि १२ मा अधिवेशन हुने बडुले बताए । उनका अनुसार केही विवाद भए पनि बैठकले महाधिवेशनको नयाँ कार्यतालिका सर्वसम्मत तयार पारेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*