माओवादी केन्द्र कैलाशको १० ओटै वडा कमिटी भेला सम्पन्न

ताम्सालिङ खबर
३१ श्रावण २०७८, आईतवार १२:२८

साउन, हेटौडा (कैलाश) – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र कैलाश गाउँपालिकाको १० ओटै वडामा वडा भेला सम्पन्न भएको छ ।

माओवादी केन्द्रको केन्द्रिय सचिवालय समितिको निर्णय अनुसार देशभरका वडा कमिटि गठन तथा पुनर्गठन गर्ने क्रममा कैलाश गाउँपालिकाको १० ओटै वडाको भेला सम्पन्न भएको हो । भेलाले कैलाश गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा ललित बहादुर थिङ, सचिवमा सुन बहादुर थिङ लगायत २२ सदस्यीय वडा कमिटी गठन गरेको छ ।

त्यस्तै, वडा नम्बर २ को वडा कमिटी अध्यक्षमा भिम बहादुर मोक्तान, सचिबमा मनराज मोक्तान लगायत २२ सदस्यीय, वडा नम्बर ३ मा वडा नम्बर ३ मा अध्यक्ष निरोज घलान, सचिवमा राम सिङ प्रजा सहित २९ सदस्यीय, वडा नम्बर ४ को अध्यक्षमा गङ्गालाल प्रजा, सचीव सुरेन्द्र मोक्तान लगायत २९ सदस्यीय वडा कमिटी गठन भएको  छ ।

यस्तै, वडा नम्बर ५ को अध्यक्षमा कृष्ण बोगटी, सचिवमा राज रुम्बा लागायत २६ सदस्यीय, वडा नम्बर ६ को अध्यक्षमा तुलाराज दर्लामी, सचीवमा आत्माराम रुम्बा लगायत २५ सदस्यीय, वडा नम्बर ७ कमिटिको अध्यक्षमा नेत्र चेपाङ, सचिव आइतराम स्याङ्तान २९ सदस्यीय वडा कमिटि चयन गरिएको छ ।

पार्टीको वडा नम्बर ८ मा अध्यक्ष सानू कान्छा थिङ (जीवन), सचिवमा राजकुमार स्याङ्बो लगायत २४ सदस्यीय, वडा नम्बर ९ मा अध्यक्ष नारन सिङ गोले, सचीवमा राजकुमार मोक्तान लगायत २८ सदस्यीय र १० नम्बर वडा कमिटी अध्यक्ष जनक लोप्चन,सचीव अङ्गत सिन्तान लगायत २९ सदस्य वडा कमिटि गठन गरिएको कैलाश गाउपालिका कमिटिको इन्चार्ज बालकुमार मल्लले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*