माओवादी केन्द्रको थाहानगरमा सबै वडा भेला सम्पन्न

तामसालिङ खबर
२९ श्रावण २०७८, शुक्रबार ०९:११

साउन, थाहानगर – नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र थाहा नगरपालिका अन्तर्गत १२ ओटा वडाको वडा भेला सम्पन्न भएको छ ।
माओबादी केन्द्रको केन्द्रिय सचिवालय समितिको निर्णय अनुसार देशभरका वडा कमिटि गठन तथा पुनर्गठन गर्ने क्रममा थाहा नगरका १२ ओटै वडाको भेला सम्पन्न भएको हो ।

सम्बन्धित वडामा भएका भेलाले वडा नम्बर १ मा अध्यक्ष हिराकाजी गोपाली, सचिब सुदन गोपाली रहेको २९ सदस्यीय वडा कमिटि गठन गरेको छ ।

त्यस्तै, वडा नम्बर २ मा अध्यक्ष शंकर तामाङ, सचिब सानोबाबु सिन्तान रहेको २९ सदस्यीय, वडा नम्बर ३ मा अध्यक्ष हिरेन्द्र कुमार रायमाझी, सचिब शिबहरि बर्तौला सहितको २९ सदस्यीय, वडा नम्बर ४ मा जमिन दियाली अध्यक्ष, गणेश लामा सचिब सहितको २९ सदस्यीय वडा कमिटी गठन भएको छ ।

वडा नम्बर ५ मा सुमन वाईबा अध्यक्ष, बिमला पाख्रीन सचिब रहेको २९ सदस्यीय, वडा नम्बर ६ मा प्रताप रुम्बा अध्यक्ष, दामोदर सुबेदी सचिब रहेकोे २९ सदस्यीय, वडा नम्बर ७ मा राम बहादुर स्याङ्तान अध्यक्ष, मोहन सम्सेर थिङ सचिब रहेको २९ सदस्यीय, वडा नम्बर ८ मा धनराम घलान अध्यक्ष, चेतनाथ घलान सचिब रहेको २९ सदस्यीय वडा कमिटि गठन गरिएको छ ।

त्यस्तै गरि, वडा नम्बर ९ मा हरिशरण नेपाल अध्यक्ष, रबिन बलामी सचिब रहेको २७ सदस्यीय, वडा नम्बर १० मा रामकृष्ण गोपाली अध्यक्ष, मोतिराम गमाल सचिव रहेको २९ सदस्यीय, वडा नम्बर ११ मा दिनेश बल अध्यक्ष, मदन मुक्तान सचिब रहेको २१ सदस्यीय र वडा नम्बर १२ मा हिरामान घलान अध्यक्ष, राजकुमार स्याङतान रहेको १७ सदस्यीय कमिटि गठन गरिएको छ ।

माओबादी केन्द्र थाहा नगरका वडा कमिटि गठनका क्रममा माओवादी केन्द्र बागमति प्रदेश सचिवालय सदस्य बिष्णु बिष्ट, मकवानपुर जिल्ला कमिटि सदस्य तथा थाहा नगर इन्चार्ज लक्ष्मण बिष्ट, जिल्ला सदस्य बिनायक गोले, बिनोद कुमार लामा, जयराम रायमाझी, थाहा नगर अध्यक्ष अरुण रायमाझी लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*