प्रचण्डले नमान्दा सरकारको कार्यक्रममा परेन एमसीसी – प्रधानमन्त्री देउवा

तामसालिङ खबर
२८ श्रावण २०७८, बिहीबार १८:५३

साउन, काठमाडौँ – सरकारको साझा न्यूनतम कार्यक्रममा अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नसमेटिनुको कारणबारे प्रधानमन्त्री शेरबहादुर देउवाले खुलासा गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नामनेपछि उक्त कार्यक्रममा एमसीसीले स्थान नपाएको बताउनुभएको हो ।

कांग्रेस सभापति समेत रहनुभएका देउवाले पार्टीको संस्थापन पक्षीय पदाधिकारी र पूर्वपदाधिकारीहरुको भेलामा सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो ।

भेलामा पार्टीका उपसभापति विमेन्द्र निधिले सरकारको कार्यक्रममा एमसीसी नसमेटिनुको कारणबारे प्रश्न उठाउनुभएको थियो । सोको जवाफमा प्रधानमन्त्री देउवाले प्रचण्ड तयार नभएपछि कार्यक्रममा एमसीसी समेट्न नसकिएको बताउनुभएको हो ।

यसअघि नै ओली सरकारका पाला संसदबाट पारित गराएर एमसीसी कार्यान्वयन गर्न खोज्दा पनि माओवादी खेमको अवरोध एवं असहयोगका कारण एमसीसी अन्यौलमा पर्दै आएको थियो । अध्यक्ष प्रचण्डले भने संशोधनविना यथास्थितिमा एमसीसी अनुमोदन गर्न नहुने बताउँदै आउनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*