६५ वर्षमै वृद्धभत्ता दिनुपर्छ – संसद लामा

तामसालिङ खबर
२९ श्रावण २०७८, शुक्रबार ०६:४९

साउन, काठमाण्डौ – नेपाली कांग्रेसका सांसद जीपछिरिङ लामाले ६५ वर्षबाट वृद्धभत्ता दिने व्यवस्था गर्न सरकार सँग माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद लामाले यस्तो माग गरेका हुन् । सरकारले जेष्ठ नागरिकलाई ६५ वर्षमा नै वृद्धभत्ता दिनु पर्ने उनको माग थियो ।

‘सहरमा बसेकाले समेत उपचार गर्न सकेको छैन । पहाडमा बस्नेले उपचार कसरी पाउँछ ?’, उनले सरकारसँग प्रश्न गर्दै भने, ‘त्यसकारण ६५ वर्षबाट वृद्धभत्ता दिने व्यवस्था गर्नुपर्छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*