हेटौडामा किस्ताबन्दीमा मोबाइल फोन पाइने
साउन, हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौडाको मेनरोडमा रहेको सिलिकन नेपाल प्रा.लिले किस्ताबन्दीमा मोबाइल फोन दिने भएको छ । सिलिकन नेपाल प्रा.लीले बिहिबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।
मकवानपुर जिल्ला मै पहिलो पटक किस्ताबन्दीमा मोबाइल फोन दिने व्यवस्था गरेको प्रालि का अध्यक्ष छचेन्द्र आचार्यले बताए । आचार्यले २० हजार भन्दा माथी २ लाख सम्मको सामसुङ एमआई, वान प्लस र एप्पलको ब्रान्डको मोबाइल फोन किस्ताबन्दीमा किन्न सकिने जानकारी दिए ।
मोबाइलफोन लिन चाहने ग्राहकले हिमालयन बैङ्कमा खाता खोल्नुपर्नेछ । खाता खोलिसके पस्चात किस्ताबन्दी सहितको व्यवस्थामा ग्राहकले २० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने र ८० प्रतिशत बैङ्कले लगानी गर्ने अध्यक्ष आचार्यले बताएका हुन् ।
ग्राहकले किस्ताबन्दीमा फोन किन्न बैङ्कमा खाता खोल्नुपर्ने र १२ प्रतिशत ब्याज तिर्नुपर्ने छ साथै किस्ताबन्दीको अवधि १ बर्षको रहने उनले जानकारी दिए ।