विद्यार्थीलाई कोरोना विरुद्ध खोप लगाउन बकैयामा माग

तामसालिङ खबर
२७ श्रावण २०७८, बुधबार ०८:२८

साउन हेटौडा (बकैया) – नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आफ्नो अभियान अन्तर्गत मकवानपुरको बकैया गाउँपालिकामा गाउँपालिका भित्रका सम्पूर्ण विद्यार्थीहरुलाई कोरोना भाइरस विरुद्धको खोप लगाउन माग गरेको छ ।

अखिलका केन्द्रिय सदस्य नवीन मिश्रको नेतृत्वमा पालिका उपाध्यक्ष सरला बोलखेलाई विद्यार्थीलाई खोप लगाउन माग गरिएको हो । सरकारले सबै खालको सेवामा रहेका व्यक्तिहरु, फ्रन्टलाइनर तथा जेष्ठ नागरिक आदिलाई खोप लगाइसकेको अवस्थामा विद्यार्थीहरुले भने खोप लगाउन नपाएको सदस्य मिश्रले बताए ।

उपाध्यक्ष बोलखेलाई ज्ञापन पत्र बुझाउदै केन्द्रिय सदस्य मिश्रले विद्यार्थीलाई खोप नलगाई विद्यालय, क्याम्पस संचालन गर्न सकिने अवस्था नरहेको बताएका थिए । उपाध्यक्ष बोलखेले पालिका यो विषयमा सकारात्मक रहेको बताउदै साउन २८ गते पछिका खोप कार्यक्रमहरुमा विद्यार्थीहरुलाई परिचय पत्र र नागरिकता बोकेर आएकै आधारमा खोप लगाउने वातावरण बनाउने बताईन् ।

उनले खोप लगाउने विद्यार्थीहरुलाई सहजीकरण गर्न अनेरास्ववियु बकैयाका संयोजक मनोज राज नेपाल र सह संयोजक बिश्वास मगरलाई अनुरोध गरिन । विद्यार्थी परिचय पत्रकै आधारमा खोप उपलब्ध हुने प्रतिक्रिया पछि केन्द्रिय सदस्री मिश्रले उपाध्यक्ष बोलखलाईे धन्यवाद समेत दिएका थिए ।

खोप माग पत्र बुझाउने क्रममा अनेरास्ववियुको केन्द्रिय सदस्य नवीन मिश्र, जिल्ला कमिटी सदस्यहरु भुपेन्द्र राना, राजिब परियार, बकैया गाउँपलिका संयोजक मनोज राज नेपाल तथा सहसंयोजक बिश्वास मगरको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*