माओवादी केन्द्र मकवानपुरद्वारा ९ जनालाई निष्काशन

तामसालिङ खबर
२४ श्रावण २०७८, आईतवार १८:१३

साउन, हेटौंडा – नेकपा माओवादी केन्द्र मकवानपुरको जिल्ला कमिटि बैठक आइतबार भएको छ । बैठकले पार्टी हित बिपरित कार्य गरेको भन्दै स्थानीय पार्टी कमिटिले गरेको सिफारिसको आधारमा नौं जनालाई पार्टी साधरण सदस्य समेत नहरने गरी निष्काशन गरेको छ ।

कारबाहीमा पर्नेहरुमा बकैया गाउँपालिका कमिटि सदस्य सुनिल दर्लामी, थाहा नगरपालिका कमिटि सदस्य राजुमैया कार्की, कैलाश गाउँपालिकाका सदस्य एक बहादुर आले, कैलाश गाउँ कमिटि सदस्य सानुभाई विष्ट र हेटौंडा उपमहानगरपालिका कमिटि सदस्य दिपक खड्का, उत्सव चौँलागाई, शालिक ढकाल, बागमती गाउँपालिका सदस्य केशल तिमल्सिना रहेका छन् ।

त्यस्तै, नेकपा माओवादी केन्द्र जिल्ला कमिटि सदस्य जय बहादुर वाईबालाई पार्टी प्रदेश कमिटिमा कारबाहीको लागि सिफारिस गरिएको नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य तथा प्रचार बिभाग प्रमुख कमान सिं पाख्रिन (पृथक) ले बताए ।

बैठकले पार्टी केन्द्रीय सर्कुलर अनुसार यही साउन २९ गते सम्मा वडा भेला, प्रशिक्षण र बैठक सकाउने निर्णय गरेको उनले जानकारी दिए । जनवर्गीय संगठनहरुमा योङ कम्युनिष्ट लिग (वाइसिएल), अखिल नेपाल महिला संघ क्रान्तिकारी र अखिल क्रान्तिकारीको जिल्ला भेलाको तयारी गर्ने निर्णय भएको पाख्रिनले बताए ।

पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको बैठक जिल्ला पार्टी अध्यक्ष प्रेम बहादुर पुलामी (छिन्तु)को अध्यक्षतामा भएको   हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*