न्यादी हाइड्रोपावरको आईपीओ भदौ देखि निष्काशन हुने

तामसालिङ खबर
२४ श्रावण २०७८, आईतवार १९:४७

साउन, काठमाडौं – न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ भदौ १ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला हुने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरु तथा संस्थापक शेयरधनीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो ।

कम्पनीले प्रतिशेयर १ सय रुपैयाँ अंकित मूल्यका कुल १८ लाख कित्ता आईपीओ निष्काशन तथा बिक्री गर्न लागेको हो । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटल रहेको छ ।

उक्त शेयर खरीदका लागि आवेदकले न्यूनतम १० कित्ता आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
उक्त आईपीओ छिटोमा भदौ १५ गते तथा ढिलोमा भदौ ३० गतेसम्म निष्काशन हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*