नेपालको झन्डा भोलियन्टियरले बोकिन्

तामसालिङ खबर
२४ श्रावण २०७८, आईतवार १८:४१

एजेन्सी – जापानमा जारी टोकियो ओलम्पिकको समापन समारोहमा नेपालको झण्डा एक भोलेन्टियरले बोकेकी छिन्। नेपाली खेलाडी आफ्नो स्पर्धामा सहभागी भएर नेपाल फर्किसकेका छन्।

जारी ओलम्पिकमा नेपालका तर्फबाट पाँच खेलाडीले सहभागिता जनाएका थिए। पाँचमध्ये तीन खेलाडीले प्रदर्शनमा सुधार गर्दै राष्ट्रिय कीर्तिमान बनाए। तर समग्रमा नेपाल पुछारभन्दा केहीमाथि मात्रै रह्यो।

नेपाली पौडीमा एकछत्र राज गर्दै आएकी गौरिका सिंहले १ सय मिटर फ्रिस्टाइलमा १.००११ मिनेटको समय निकाल्दै लङ कोर्समा राष्ट्रिय कीर्तिमानमा सुधार गरिन्। त्यस्तै अलेक्जेन्डर (एलेक्स) शाहले पुरुष १ सय मिटर फ्रिस्टाइलमा ५३.४१ सेकेन्डको समय निकाल्दै आफ्नै कीर्तिमान भंग गरे।

त्यस्तै कल्पना परियारले सुटिङ्गको १० मिटर एयर राइफलमा ६१६.८ स्कोर गर्दै पहिलो दिन आफ्नै नामको दुई वर्ष पुरानो कीर्तिमान तोडिन्। जुडोकी सोनिया भट्टको भने ओलम्पिकमा पहिलो बाउट जित्ने चाहना नै पूरा भएन। एथलेटिक्सकी सरस्वती चौधरीले आफ्नै कीर्तिमान भंग गर्न सकिनन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*