भूटानले दिएको ३ लाख डोज एस्ट्रजेनका खोप नेपाल आइपुग्यो

तामसालिङ खबर
२२ श्रावण २०७८, शुक्रबार ११:४८

साउन, काठमाडौं – भूटानले अनुदानमा दिएको कोरोना भाइरसबिरुद्धको ३ लाख डोज खोप नोपाल आइपुगेको छ । भुटानले आफ्नै राष्ट्रिय ध्वजाबाहक विमान डुक एयरबाट तीन लाख डोज एस्ट्रजेनका खोप नेपाल ल्याइदिएको हो ।

उक्त खोप आज विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको बताइएको छ । यो खोपलाई टेकुमा भण्डारण गरेर राखिने र प्राथमिकताका आधारमा ज्येष्ठ नागरिकलाई पहिलो डोजका रुपमा दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भूटानले आफ्नो जनसंख्या भन्दा बढी खोप प्राप्त गरेपछि बाँकी रहेको खोप नेपाललाई अनुदानमा दिएको हो । उसले ‘को-भ्याक्स’ सुविधा र विभिन्न मुलुकबाट ९ लाख भन्दा बढी खोप पाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*