सरकारले साउन २५ देखि ३२ गतेसम्म ‘खोप सप्ताह’ मनाउने – राज्यमन्त्री श्रेष्ठ

तामसालिङ खबर
२१ श्रावण २०७८, बिहीबार १५:४९

साउन, काठमाडौं – सरकारले जनतालाई कोरोनाको संक्रमणबाट बचाउन कोरोनाविरुद्धको खोप लगाउने कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाएको छ ।

खोप कार्यक्रमलाई अझै प्रभावकारी र जनताको पहुँचमा पुर्याउने उदेश्यले यदी साउन २५ गतेदेखि ३२ गतेसम्म सरकारले ‘खोप सप्ताह’ मनाउने भएको छ ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिको बिहीबारको बैठकमा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले साउन २५ गतेदेखि खोप सप्ताह मनाउने जानकारी दिएका छन् ।

यस अवधिमा जापानबाट आउने ८ लाख र भुटानबाट आउने ३ लाख डोज कोरोना विरुद्धको खोप लगाइने उनले बताए । दुवै देशबाट शनिबार र आइतबारसम्म खोप आइसक्ने पनि राज्यमन्त्री श्रेष्ठले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन महिनामा कोरोनाको संक्रमण दर उच्च हुनसक्ने अनुमान गरेको छ । मन्त्रालयले साउनपछि भने क्रमश संक्रमण दर घट्दै जाने बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*