मुस्ताङको पुरानो कारागार भवन भत्कियो

तामसालिङ खबर
२१ श्रावण २०७८, बिहीबार ०८:४९

साउन, जोमसोम – मुस्ताङ जिल्ला कारागार भवन भत्किन पुगेको छ । लामो समयदेखि जीर्ण अवस्थाको कारागार बुधबार भत्किएको हो । भवन भत्किएपछि कारागारको व्यवस्थापनमा समस्या उत्पन्न भएको छ ।

तत्कालिन समय सहायक अञ्चलाधिस बस्ने क्वाटर भवन २०३७ सालमा मुस्ताङ कारागारको रुपमा परिणत गरिएको थियो । एक तले ढुङ्गा र माटोले बनेको ९ कोठे जीर्ण मुस्ताङ कारागार भवनमा त्यहाँ कार्यरत सुरक्षाकर्मी,कर्मचारी र कैदी-बन्दी जोखिम मोलेर रात कटाउन बाध्य परेका छन् ।

मुस्ताङ कारागारको जीर्ण भवनको २ कोठामा कैदी – बन्दी ,६ वटा कोठामा सुरक्षाकर्मी र एक कोठामा कारागार प्रमुख बस्ने गथ्र्ये । भवन भत्किने र चर्किन गरेपछि कारागारमा बस्ने कैदी-बन्दी र सुरक्षाकर्मीलाई थप जोखिम सृजना भएको हो ।

पछिल्लो समय जलवायु परिवर्तनको असरका कारण हिमाली जिल्ला मुस्ताङमा अपेक्षा गरिएभन्दा बढी मात्रामा भारी वर्षा र असमान हिमपात हुन थालेको छ ।असमान हिमपात र वर्षाले मुस्ताङका परम्परागत पुरानो माटोले बनेका घरहरु जोखिममा छन् । मुस्ताङ कागारागारको एकतले ९ कोेठे भवन पनि ढुङ्गा र माटोले निर्माण गरिएको थियो । भवनको छानोमा सख्खर माटो बिच्छ्याएको थियो ।

भवनको ३ वटा कोठा भार थेग्न नसकी पूर्ण रुपमा क्षति भएको छ । अन्य कोठाहरु समेत पुरै चर्किएर थप जीर्ण बनेको मुस्ताङ कारागारले जनाएको छ । मुस्ताङ कारागार भवनमा प्रयोग गरिएका काठहरु ज्यादै पुरानो र बर्सेनि वर्षाका कारण काठहरु कुहिन थालेपछि भवन भत्किन पुगेको कारागारका निमित्त कारागार प्रमुख भुवन केशीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*