नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्‍दै

तामसालिङ खबर
२१ श्रावण २०७८, बिहीबार ०९:३७

साउन, काठमाडौँ – नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ समूहले केन्द्रीय सदस्यहरूको बैठक बोलाएको छ । आज बिहान ११ बजे बुद्धनगरको क्वालिटी पार्टी प्यालेसमा नेता नेपालले बैठक बोलाएको एक नेताले जानकारी दिए ।

नेता नेपालले पार्टी एकता र सरकार लगायतका विषयमा छलफल गर्न गर्न भन्दै बैठकमा निमन्त्रण गरेका नेपालको सचिवालयले जानकारी दिएको छ । सत्ता गठबन्धनमा रहेका नेता नेपालको समूहलाई सत्तारुढ दलका शीर्ष नेताहरूले सरकारमा सहभागी हुन आग्रह गरिरहेका छन् ।

तर नेता नेपाल भने सरकारमा सहभागी भए पार्टी एकताको सम्भावना समाप्त हुने भन्दै त्यसबारे निर्णय गर्न दबाब परिरहेको छ । आफू दबाबमा परेका बेला नेता नेपालले केन्द्रीय सदस्यहरूको धारणा बुझ्‍न बैठक बोलाएका सचिवालयले जनाएको छ ।

सोमबार आफूनिकट स्थायी कमिटीका नेताहरूको छलफलमा नेता नेपालले सबैको भावनासँग आफ्नो पनि एकरुपता रहेको र सम्मानजनक र सुव्यस्थित ढंगले एकता होस् भन्ने चाहना राखेको बताएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*