नेकपा माओवादी केन्द्रको निर्बाचन क्षेत्र २ (ख) को सम्पर्क कार्यालय मनहरीमा स्थापना

ताम्सालिङ खबर
१८ श्रावण २०७८, सोमबार २०:१३

साउन, हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको मनहरीमा नेकपा माओवादी केन्द्र निर्बाचन क्षेत्र नम्बर २ (ख) को सम्पर्क कार्यालय स्थापना भएको छ ।

मनहरी, राक्सिराङ र कैलाश क्षेत्रमा पार्टीको गतिविधिलाई थप सक्रिय बनाउने र पार्टीका नेता कार्यकर्ताबीच सम्बन्ध सुदृढ बनाउने उद्देश्यले निर्वाचन क्षेत्र नम्बर २ (ख) स्तरिय सम्पर्क कार्यालय स्थापना गरिएको हो।

मनहरी वडा नम्बर ७ मा स्थापना गरिएको कार्यालायको सोमबार पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कुमारी मोक्तान, पार्टी प्रदेश सचिवालय सदस्य तथा जिल्ला अध्यक्ष प्रेम बहादुर पुलामी छिन्तु, पार्टी प्रदेश सदस्यद्वय ओम घलान, बीरबहादुर घलान, जिल्ला सचिवालय सदस्य बनस्तम थीङ, हिरालाल तामाङ, रेखा मगर र राजकुमार पाख्रिन लगायतका नेता कार्यकर्ताको उपस्थितिमा उदघाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा केन्द्रीय सदस्य कुमारी मोक्तानले सम्बोधन गर्नु हुदै पाटीकाे गतिविधि तिव्र बनाउन निर्देशन दिनुभयो । जनताले महसुस गर्ने गरि गतिबिधि सन्चालन गर्न र जनताको सेवामा खटिन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले केपी ओली पक्षका प्रतिगमनकारीहरुका कारण चुनौति थपिएको भन्दै कम्युनिष्ट बिचार र निति अँगालेर अघि बढ्नुपर्ने बताउनुभयो ।

बिचार र नितिबिहिन ओलीका कारण कम्युनिष्ट शक्तिमा फुट आएको उल्लेख गर्दै उहाँले अब ओली प्रवृति सकिएकाे दाबी गर्नुभयो ।गणतान्त्रिक संविधान र संघीयता माओवादीकै एजेन्डा भएकाले यसको रक्षा र जनताको सेवामा पार्टी लाग्नुपर्ने उहाँको जोड छ ।

पार्टीका जिल्ला अध्यक्ष छिन्तुले अहिले ओलीपक्षले जनतामा भ्रम सिर्जना गरि सरकारको आलोचना गरिरहेको बताउनुभयो । भुमिसम्बन्धि समस्या समाधान आयोग खारेज गरिएको भनि जनतामा भ्रम सिर्जना गरिएको उल्लेख गर्दै वास्तविकता त्यस्तो नभएको बताउनुभयो ।

आयोग खारेज गरिएको नभई आयोगका पदाधिकारी मात्र हटाइएको वास्तविकता जनतामा बुझाउन नेता कार्यकर्ताले भुमिका खेल्न उहाँले आग्रह गर्नुभयो । उहाँले सरकार पनि परमादेश बाट बनेको नभई परमादेश एक प्रक्रिया मात्र भएको तथ्य सबैले भुझ्न आवश्यक रहेको बताउनुभयो ।

सम्पर्क कार्यालय स्थापना गरिएसँगै पश्चिम मकवानपुरमा पार्टीको गतिविधि चुस्त दुरुस्त बनाइने नेताहरुले बताएका छन् । संगठन निर्माण र जनताको समस्याहमा सहजीकरणमा पार्टी तिव्र रुपमा लागिपर्ने उनीहरुको भनाई छ । नेकपा माओवादी केन्द्रले साउन ३० गतेसम्ममा देशैभर वडा तहको कमिटि निर्माण गरिसक्नुपर्ने निर्णय गरेको छ । पश्चिम मकवानपुरमा सोहि अनुसार गतिविधि सञ्चालन गर्ने तयारी पार्टीले गरेको छ ।

पार्टीको मनहरी गाउपालिका ७ नम्बर वडा कमिटीको सक्रियतामा सम्पर्क कार्यालय स्थापना गरिएको सो वडाका पार्टी अध्यक्ष गोविन्द घलानले जानकारी दिनुभयो । कार्यालयको उद्घाटन कार्यक्रममा माओवादीका विभिन्न जनवर्गीय संगठन प्रमुखहरु, बिभिन्न वडा कमिटी अध्यक्षहरु, लगायत कार्यकर्ताको उल्लेख्य सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*