यूकेमा ‘गोर्खा कप’को तयारी तिब्र

तामसालिङ खबर
२ श्रावण २०७८, शनिबार १६:५१

साउन, लन्डन – तमुधिं यूकेले लोकप्रिय इभेन्ट गोर्खा कपको तयारी तिब्र भइरहेको जनाएको छ । तमुधिं यूके अध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा आइतबार आयोजित पत्रकार सम्मेलनमा कोभिड महामारीका कारण गत वर्ष रोकिएको गोर्खा कपको १९ औं संस्करणको तयारी तीव्र भइरहेको जनाइएको हो ।

कार्यक्रम संयोजक क्याप्टेन देव घलेले पावर पोइन्ट प्रिजेन्टेसन मार्फत गोर्खा कपको तयारीबारे जानकारी दिनुभएको हो । उहाँले ७१ जनाको टिमले इभेन्ट सफल बनाउन काम गरिरहेको बताउनुभयो । उहाँका अनुसार मेनतर्फ ३२ र भेट्रान्स क्याटेगोरीमा १० गरी कुल ४२ टिम सहभागी हुनेछन् ।

प्रतियोगितामा मेन क्याटगोरीको प्रथम विजेतालाई २५०० पाउण्ड, ट्रफी र सर्टिफिकेट, दोश्रो विजेतालाई १५०० पाउण्ड, ट्रफी र सर्टिफिकेट तथा भेट्रान्सको पहिलो बिजेताले १२०० पाउन्ड र सेकेन्ड हुने टिमले ८०० पाउण्ड पुरस्कार पाउनेछन् ।

‘म्यान अफ द म्याच’ अनि ‘म्यान अफ दि म्यानेजर’ लाई पनि ट्रफी दिइने आयोजकले जनाएको छ । ३५ हजार पाउण्ड बढी खर्च लाग्ने उक्त इभेन्टमा सुरक्षा, कोभिड प्रोटोकल, शौचालय, पार्किङ आदिको भरपुर व्यवस्था मिलाइएको आयोजकले जनाएका छन् ।

गोर्खा कपमा फुटबल बाहेक सामूहिक कल्चरल डान्स, लाइभ गायन, प्यारासुट डिस्प्ले, खाना-हस्तकलाका स्टल, पञ्चेबाजा आदि प्रमुख आकर्षण हुने संयोजक घलेले जनाउनुभयो ।

पत्रकार सम्मेलनमा तमुधिं यूके अध्यक्ष हितकाजी गुरुङले सरकारले पनि कोभिड नियम हटाएकाले गोर्खा कप भव्य हुने आशा व्यक्त गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*