एनआरएनएको १०औँ साधारणसभा कात्तिकमा हुने

तामसालिङ खबर
३ श्रावण २०७८, आईतवार ०६:४६

साउन, काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)को शनिबार सम्पन्न ७८औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले संघको १०औँ एनआरएन ग्लोबल सम्मेलन र १०औँ साधारणसभा आगामी अक्टोबर २३-२५ २०७८ कात्तिक ६-८ गते आयोजना गर्ने निर्णय गरेको छ । त्यसका लागि अध्यक्ष कुमार पन्तको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ ।

अध्यक्ष पन्तका अनुसार बैठकले आगामी निर्वाचन अनलाइन प्रणालीबाट गर्ने निर्णय गर्दैै निर्वाचनमा भाग लिने प्रतिनिधिको शुल्क समेत शून्य कायम गरिएको छ ।

यसअघि निर्वाचनमा भाग लिने प्रतिनिधिले संघले तोकेको शुल्क तिर्नुपर्ने प्रावधान थियो । यस्तै बैठकले निर्वाचनका लागि उम्मेदवार मनोनयन शुल्क सन् २०१९ को निर्वाचनमा तोकिए बमोजिमकै कायम गर्ने निर्णय गरेको पन्तले बताउनुभयो ।

बैठकले गैरआवासीय नेपाली संघको निर्वाचनसम्बन्धी नियमावली, एनआरएन फाउण्डेशन, आर्थिक नियमावली लगायतका विभिन्न १९ नियमावली संशोधन गरेको छ । बैठकले आर्थिक वर्ष २०७८/७९ को बजेट समेत पारित गरेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*