ओलम्पिक प्रतिस्पर्धाका लागि नेपालको बलियो तयारी
असार, काठमाडौं – कोरोनाका कारण स्थगित ओलम्पिक खेलको प्रतिस्पर्धामा अहिलेसम्मकै बलियो तयारी गरेको नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।
शुक्रबार पत्रकार सम्मेलनमार्फत् एक वर्षको अन्तरालमा जापानको टोकियोमा सुरु हुन लागेको ओलम्पिक प्रतिपस्र्धाका लागि अहिलेसम्मकै बलियो तयारी गरिएको कमिटीले जनाएको हो ।
सम्मेलनमा कमिटीले भनेको छ, ‘अहिलेसम्मको नेपालको ओलम्पिक सहभागितामा इतिहासमा यो नै सबैभन्दा लामो, व्यवस्थित र बलियो तयारी रहेको छ ।’
ओलम्पिक तयारी नेपाल ओलम्पिक कमिटी, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र सम्बन्धित खेल संघबीच समन्वय गरिएको जनाइएको छ । ओलम्पिक नेपालका तर्फबाट कूल २६ सदस्यीय टिमले सहभागिता जनाउने छन् ।