कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाको पोल्टामा

तामसालिङ खबर
२७ असार २०७८, आईतवार ०९:२४

ब्राजिललाई हराउँदै अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । आइतबार बिहान सम्पन्न भएको खेलमा अर्जेन्टिनाले ब्राजिललाई १–० गोल अन्तरले पराजित गरेको हो ।

ब्राजिलको माराकाना स्टेडियममा अर्जेन्टिनालाई उपाधि दिलाउन एन्जल डी मारियाले निर्णायक गोल गरे । खेलको २२ औं मिनेटमा डी मारियाले निर्णायक गोल गरेका हुन् । उनले रोड्रिगो डि पलको पासमा उत्कृष्ट गोल गरे ।

बल पोसेसनमा पकड जमाएको ब्राजिलले भने पाएको अवसरलाई सदुपयोग गर्न सकेन । अर्जेन्टिनाले यस अघि सन १९९३ मा कोपा अमेरिकाको उपाधि जितेको थियो ।

पछिल्लो पटक २०१५ र २०१६ को कोपा अमेरिकामा फाइनलमा पुगेको अर्जेन्टिना उपविजेता बनेको थियो।​ यो जितपछि अर्जेंटिनाले अहिलेसम्म १५ पटक कोपा अमेरिकाको उपाधि जितेको छ। उसले धेरै पटक कोपाको उपाधि जित्ने उरुग्वेसँग बराबरी गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*