तामाङ समाज अमेरिकाको अध्यक्षमा विनिता तामाङ चयन
असार, न्युयोर्क – तामाङ समाज अमेरिकाको दोस्रो अधिवेशनबाट बिनिता तामाङको नेतृत्वमा १५ कार्यसमिति चयन गरेको छ ।
नेपाली जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय सचिव भोजराज थोकर प्रमुख आतिथ्यतामा भएको समाजको दोश्रो अधिवेशनमा एल्म्हर्स्ट अस्पताल न्युयोर्कका बोर्ड सल्लाहकार लुईसाङ वाईवा तामाङ विशेष अतिथि थिए ।
समाजको वरिष्ठ उपाध्यक्ष सन्तबहादुर तामाङ, उपाध्यक्ष किर्त तामाङ, महासचिव राजु तामाङ, सचिव बुद्धिमान वाईबा, कोषाध्यक्ष दिलमाया तामाङ, बोर्ड अफ डिरेक्टरहरुमा बुद्धिमान घिसिङ, भोज गोङबा, धुतराज डुम्जन, चली तामाङ, रश्मि मम्बा, लक्ष्मी तामाङ र राज तामाङ सर्वसम्मत चयन भएका छन् | समितिको बाँकी २ जना बोर्ड अफ डिरेक्टरहरुलाई अध्यक्षले मनोनयन गर्ने प्रावधान रहेको समाजको विधानमा उल्लेख गरिएको छ ।
अधिबेशनमा शेर्पा संघ अमेरिकाको पूर्वअध्यक्ष निमा शेर्पा, शेर्पा संघ अमेरिकाको अध्यक्ष आङ जाङबु शेर्पा, तमु परिवारका अध्यक्ष मनिता गुरुङ, तमु परिवारका पूर्वअध्यक्ष डम्मरजंग गुरुङ, दर्शन ठकुरी समाज अमेरिकाको अध्यक्ष मिलन शाही, श्यामा शेर्पा समाजको अध्यक्ष एपी शेर्पा, वरिष्ठ कलाकार आङगेलु शेर्पा र बिमल डाँगी, गैरआवासीय नेपाली संघ अमेरिकाको बोर्ड अफ डिरेक्टर आङनिमा गेल्जेन शेर्पा र दुर्गेश कार्की, फिप्नाको सल्लाहकार मणि वाङदेल राई, किराँत राई सोसाइटी अफ अमेरिकाको प्रतिनिधि सुमन नाछिरिङ राई, प्रवासी नेपाली एकता मंचका अध्यक्ष टेक गुरुङ र महासचिव राधाकृष्ण देउजा लगाएतको सहभागी रहेको थियो ।
तामाङ एकताको अपरिहार्यता रहेकोले एकता सैदान्तिक एवं ब्यबहारिक हुनु पर्ने न कि कुनै व्यक्तिको लहडबाजी र सतही सोच हुनु पर्ने प्रमुख अतिथि भोजराज थोकरले बताए ।