प्रदेश १ को नामा बजेट अधिवेशनबाट टुङ्ग्याइने
असार, विराटनगर – प्रदेश सरकार गठन भएको ३ बर्ष वितिसक्दा पनि प्रदेश १ को नाम जुराउन सकेको छैन । प्रदेश १ का मुख्य मत्री शेरधन राइले प्रदेश सभाको बजेट अधिबेसनमा प्रदेशको नाम राख्ने प्रक्रिया अघि बढाउन आग्रह गरे संगै नामकरणको विषय फेरी चर्चामा आएको छ ।
बजेट अधिवेशन बाट नामको टुंगो लगाउन प्रस्ताव गरेपछि दलहरु आन्तरिक छलफलमा जुटेका छन् । नेकपा माओवादी केन्द्र प्रदेशको नाम राख्दा पहिचान जोड्नुपर्ने पक्षमा उभिएका छन् भने एमाले र कांग्रेसको धारणा समान रहेको छ ।
२०७६ वैशाख २३ गते प्रदेश १ को राजधानी घोषणा गर्दा नामको विषयमा सहमति जुट्न नसकेपछि छोडिएको थियो । प्रदेशको नामको विषय यतिवेला सार्वजनिक तथा राजनीतिक बहसको उत्कर्षमा पुगेको छ ।
प्रदेश १ को नामको लागि कोशी प्रदेश, कोशी-सगरमाथा, सगरमाथा-किरात, कोशी-किरात, लिम्बुवान-खुम्बुवान,कोशी-लिम्बुवान , विराट र विजयपुर चर्चामा आएका छन् ।
नेकपा माओवादी केन्द्रका प्रदेश १ संसदिय दलका नेता इन्द्रबहादुर आङंबोले प्रदेशको नामाकरण गर्दा पहिचानको विषय जोडिनु पर्ने बताउनु भएको छ । उहाँले प्रदेश १ को नाम किराँत प्रदेश राख्न उपयुक्त हुने बताउनु भयो ।
प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्री एवं सरकारका प्रवक्ता हिक्मत कुमार कार्कीले छलफलको माध्यमबाट नामको टुंगो लगनउने बताउनु भएको छ । उहाँले बाहिर जति हल्ला आएपनि छलफलबाट साझा धारणा बनाएर अघि बढ्ने बताउनु भयो ।
उहाँले दुईबर्ष अघि राजधानीको टुँगो लगाउदा सवै दलहरु एउटै ठाँउमा उभिएको हुनाले नामकरणको विषयमा पनि सहमति गरेर जाने बताउनु भयो ।