इन्द्रसरोबरमा ३८ करोड ४१ लाखको बजेट बिनियोजन (पूर्ण पाठ सहित)

तामसालिङ खबर
१० असार २०७८, बिहीबार १८:२२

असार, हेटौडा (इन्द्रसरोबर) – उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ३८ करोड ४१ लाख ५९ हजार ७ सय २६ रुपैयाँको बजेट नवौं गाउँ सभा मार्फत सार्वजनिक गरेको छ ।

गाउँपालिकाको नवौ गाउँ सभामा उपाध्यक्ष उमा कुमारी लामाले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट उक्त रकमको बजेट विनियोजन गरिएको जानकारी दिईन् ।

आगामी आर्थिक बर्ष २०७८/७९ मा गाउँपालिकाको नीति तथा कार्यक्रम सडक पूर्वाधार बिस्तार र स्तरोन्नती, कृषि र पशु क्षेत्रको उत्पादन बृद्धि, बालमैत्री, अपाङ्गता मैत्री, वातावरण मैत्री, सरसफाई युक्त गाउँपालिका, आधारभूत तहको पूर्वाधारको सूूविधा, प्रविधियुक्त इन्द्रसरोवर बनाउने र स्वास्थ्य सेवाको विकास, विस्तार तथा प्रत्येक नागरिकले स्वास्थ्य सेवा प्राप्त गर्ने अवसरको सुनिश्चितता गर्ने तर्फ केन्द्रित रहेको छ ।

बिहिबार सम्पन्न सभा मार्फत आर्थिक विधेयक २०७८, विनियोजन विधेयक २०७८ र इन्द्रसरोवर गाउँपालिकाको “स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८” गरी ३ वटा विधेयक समेत पारित भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*