बागमती प्रदेशका नवनियुक्त ३ मन्त्री र एक राज्यमन्त्री लिए सपथ

तामसालिङ खबर
१४ बैशाख २०७८, मंगलवार १६:११

बैशाख, हेटौंडा – बागमती प्रदेशमा नवनियुक्त तीन जना मन्त्री र एक राज्यमन्त्रीले बुधबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । मन्त्रीपरिषद् विस्तार गरिए लगत्तै नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईंले सपथ ग्रहण गराएका हुन्, भने राज्यमन्त्रीलाई बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सपथग्रहण गराएका छन् ।

मुख्यमन्त्री पौडेलबिरुद्ध अविश्वासको प्रस्ताव ल्याउँदै मन्त्रीहरुले राजिनामा दिएपछि केही समयदेखि प्रदेशमा तीन मन्त्रालय रिक्त थियो । रिक्त मन्त्रालय अन्तर्गत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीका रुपमा सरेश नेपाल, आन्तरिक मामिला तथा कानून मन्त्रीमा केशबराज पाण्डे, सामाजिक विकास मन्त्रीमा सरस्वती बस्नेत र सामाजिक विकास राज्यमन्त्रीमा डाक्टर रामकुमार अधिकारी नियुक्त भएका छन् ।

नेकपाको एकल सरकार रहेको बागमतीमा पार्टीभित्र बढेको विवादसँगै गत पुस १० गते नेकपा माओवादी केन्द्र र एमालेको नेपाल पक्षका सांसदले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरी सरकारबाट बाहिरिएका थिए ।

तत्कालीन आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले राजीनामा दिएपछि प्रदेशको तीन मन्त्रालय मन्त्रीविहीन थियो भने मुख्यमन्त्रीले नै सो जिम्मेवारी सम्हाल्दै आएका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*