कामिरिताले बनाए, २५ औं पटक सगरमाथाको चुचुरोमा पुगेर नयाँ रेकर्ड

तामसालिङ खबर
२५ बैशाख २०७८, शनिबार १०:५३

बैशाख, हेटौंडा – विश्व कीर्तिमानी आरोही गाइड कामिरिता शेर्पाले आफ्नो नाममा रहेको कीर्तिमान तोडेका छन् । शुक्रबार साँझ ६ बजे सगरमाथाको चुचुरोमा पुगेसँगै उनले २४ औ पटकको आफ्नो रेकर्ड तोडेर २५ पटक कायम गराएका हुन् ।

सन् २०१९ मा एकै महिनामा दुई पटक आरोहण गरी २४ औ पटक सगरमाथाको सफल आरोहण गरेर संसारकै धेरै सगरमाथाको आरोहण गर्ने आरोहीको रुपमा नाम लेखाएका थिए ।

कामिरिताको नेतृत्वमा सगरमाथा आरोहणका लागि बाटो निर्माण गर्ने क्रममा उनले चुचुरो पुगेको आयोजक कम्पनी सेभेन समिट ट्रेकका प्रमुख मिङमा शेर्पाले जानकारी दिए ।

कीर्तिमानी आरोही शेर्पा फेरी बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खलीफालाई आरोहण गराउन पुनः सगरमाथा आरोहण गर्ने लक्ष राखेका शेर्पाले बताए । यसै महिना दुई पटक आरोहण सफल भए पछि उनी २६ औ पटक सगरमाथा आरोहण गर्ने संसारकै एक मात्र व्यक्ति स्थापित हुने छन् ।

आप्पा शेर्पाले २१ पटक सगरमाथाको आरोहण गरेर कीर्तिमान राखेका थिए तर कामिरिताले सन् २०२१ मा २५ औं पटक आरोहण गरे पछि उनी सगरमाथाको सर्वाधिक आरोहण गर्ने आरोहीको रुपमा रेकर्ड राखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*