प्रतिकिलो ७२ रुपैयाँमा उत्पादन हुने डण्डीको भाउ १०७ पुग्यो ?

तामसालिङ खबर
२३ बैशाख २०७८, बिहीबार ११:२६

बैशाख, काठमाण्डौ – अहिले निर्माण सामग्री फलामे डण्डीको भाउ अत्याधिक बढेको छ । निर्माण व्यवसायीहरु डण्डीको भाउमा अस्वभाविक मूल्य वृद्धि गरिएको गुनासो गरिरहेका छन् । निषेधाज्ञाकै बीचमा एक किलो डण्डीको भाउ ८५ देखि ८५ रुपैयाँबाट एकाएक १०७ देखि ११० रुपैयाँसम्म पुगेको छ ।

निषेधाज्ञा जारी नभएका जिल्लामा विकास निर्माणका काम चलिरहेको अवस्थामा उद्योगीहरुले उत्पादन कम भएको, मजदूरहरु अभाव भएको र बजारमा स्टक सकिँदै गएको भन्दै आफूखुशी भाउ बढाएको निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालको भनाई छ ।

कति लाग्छ उत्पादन खर्च ?
भन्सार विभागको तथ्यांक अनुसार चैत महिनामा ८८ करोड ९ लाख ६९ हजार ४६ किलो ब्लेड आयात भएको छ । यस वापत नेपाली उद्योगीहरुले ५० अर्ब ७५ करोड ८४ लाख ३३ हजार रुपैयाँ तिरेका छन् ।

यस हिसाबमा एक किलो ब्लेडको मूल्य एभरेजमा ५८ रुपैयाँ पर्न आउँछ । १५ प्रतिशत भन्सार तिर्दा एक किलो ब्लेड ६६ रुपैयाँमा नेपाल भित्रिन्छ । त्यसलाई प्रोशेसिङ गरेर तयारी डण्डी बनाउन आयात भएको शुल्कमा १० प्रतिशत मात्रै थप खर्च हुने उद्योगीहरु नै बताउँछन् । यस आधारमा ६६ रुपैयाँमा नेपाल भित्रिएको ब्लेड तयारी डण्डी बन्दा लागत खर्च प्रति किलो ७२ रुपैयाँ हुन आउँछ ।

यसमा उद्योगीले १० प्रतिशत नाफा राख्दा ७९ रुपैयाँ र व्यापारीले अर्को १० प्रतिशत नाफा राख्दा ८६ रुपैयाँ प्रतिकिलोमा डण्डी उपलब्ध हुनुपर्ने हो ।, तर, त्यसो नभई किलोकै १०७ देखि ११० रुपैयाँसम्म बिक्रि भईरहेको छ । – बिजपाटि डटकम

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*