हेटौंडा १५ मा माओवादी केन्द्रको वडा संयोजन समितिमा घलानलाई तोकियो

ताम्सालिङ खबर
६ बैशाख २०७८, सोमबार १८:३२

बैशाख, हेटौडा – नेकपा माआवादी केन्द्र हेटौंडा – १५ अन्तरपार्टी वडा भेला संयोजन समितिको संयोजकमा लिलाकुमार घलानलाई तोकिएको छ । सोमबार बसेको पार्टी वडा कमिटीको विस्तारित बैठकले घलानलाई संयोजक तोकिएको हो ।

सदस्यहरुमा भिमबहादुर पाख्रिन, रत्नबहादुर मगर, चन्द्रबहादुर पौडेल, विरमान घलान, रामबहादुर भोम्जन लगायत ११ सदस्यीय रहेको छ ।

यस्तै, योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) को वडा भेला आयोजक कमिटीको संयोजकमा सुरज घलानलाई तोकिएको छ । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को वडा भेला आयोजक कमिटीको संयोजकमा उषा घलानलाई तोकिएको छ ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य तथा हेटौंडा उपमहानगर कमिटी इन्चार्ज विवेक राई, सल्लाहकार मन्ते सिं योञ्जन, सदस्य विशाल तिुतङ सहितको उपस्थिति रहेको वडा कमिटी इन्चार्ज मनकुमार लोले जानकारी दिए ।

भेला नेकपा माओवादी जिल्ला सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन (पृथक) को प्रमुख आतिथ्यतामा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*