मौसम: असिना सहित वर्षाको सम्भावना

ताम्सालिङ खबर
७ बैशाख २०७८, मंगलवार ०८:४४

बैशाख, हेटौडा – अपरान्ह पछि देशको पश्चिमी भू–भागमा स्थानीय वायुको साथ साथै पश्चिमी वायुको प्रभाव रहने देखिन्छ । देशको उच्च पहाडी भू–भागहरुमा आंशिक बदली रहेको छ भने बाकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

मंगलबार देशको सुदुरपश्चिम प्रदेश, कर्णाली,गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

देशको सुदुर पश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरू र बाकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानहरुमा अपरान्ह पछि मेघगर्जन, चट्याङ, हावाहुरी, असिना सहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*