मकवानपुरमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि

तामसालिङ खबर
७ बैशाख २०७८, मंगलवार १३:४२

बैशाख, हेटौडा – मकवानपुरमा सोमबार एकैदिन थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार ४५ जनाको स्वाब परीक्षणमा थप २१ जनामा संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका १६ जना, बकैया र मनहरीका एक-एक जना तथा हेटौंडा बस्ने जिल्ला बाहिरका ३ जना गरी २१ जना रहेका    छन् ।

पुष्टि हुनेहरुमा हेटौंडा–१ की २५,३७ वर्षीया महिला र ४३ वर्षीय पुरुष,हेटौंडा–२ का ४२ वर्षीय पुरुष, हेटौंडा-३ का ७५ वर्षीय पुरुष, हेटौंडा-४ का ३७,३८,४०,४७,५०,७५ वर्षीय पुरुष,हेटौंडा-५ का ३२ वर्षीय पुरुष, हेटौंडा-८ की २३ वर्षीया महिला र ३० वर्षीय पुरुष, हेटौंडा-११ का ८२ वर्षीय पुरुष, फुर्केचौरका ५८ वर्षीय पुरुष रहेका छन् ।

यस्तै, पूर्वी मकवानपुरको बकैया गाउँपाकिला वडा नम्बर ५ का ३४ वर्षीय पुरुष र मनहरी गाउँपालिका वडा नम्बर १ का १९ वर्षीय पुरुष रहेका छन् । यसैगरि हेटौंडा बस्ने जिल्ला बाहिरका ३ जनामा कोरोना पुरुष रहेका छन् ।

यो संगै मकवानपुरमा कोरोना संक्रमितको संख्या ३ हजार ९ सय ४१ पुगेको छ । यसै गरी हालसम्म कोरोना निको हुनेको संख्या ३ हजार ८ सय ६७ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*