दिवंगत बौद्ध भिक्षुणी छ्योइग्याल्मोको अन्त्येष्टी
बैशाख, नवलपरासी – दिवंगत बौद्ध भिक्षुणी हिसे छ्योइग्याल्मोको सोमबार नवलपरासी दाउन्नेस्थित गुम्बामा अन्त्येष्टी गरिएको छ ।
मकवानपुर बकैया गाउँपालिका–५ घर भई हाल नवलपरासी विनयी त्रिवेणी गाउँपालिका–२ स्थित गुम्बाका प्रमुख ५७ वर्षीया बौद्ध भिक्षुणी छ्योइग्याल्मोको दाउन्नेस्थित सवारी दुर्घटनामा परेर शनिबार राती निधन भएको थियो ।
नवलपरासी दाउन्ने गुम्बाका प्रमुख रहेकी बौद्ध भिक्षुणी छ्योइग्याल्मो नेपाल अहिंसावादी बौद्ध धर्म विश्व शान्ति चक्र संघका केन्द्रीय उपाध्यक्ष समेत रहेकी थिइन् ।
अन्त्येष्टीका क्रममा संघका केन्द्रीय अध्यक्ष खेन्पो पेम्बा साम्बा लामा, महासचिव प्रेम दोर्जे बलको उपस्थितिमा बौद्ध संस्कार अनुसार पूजा भएको थियो ।
त्यस्तै अन्त्येष्टीका क्रममा रसुवा, नुवाकोट, गोर्खा, धादिङ, नवलपरासी, चितवन, मकवानपुर लगायतका जिल्लाहरुबाट हजारौं संघ भक्त, सदस्य तथा अनुयायीहरुको सहभागीता रहेको छ ।
बुद्धका सन्देश र बौद्ध धर्म परम्परा जागरण अभियानमा बौद्ध भिक्षुणी छ्योग्याल्मोको महत्वपूर्ण योगदान रहेको छ । उनको निधनले मुलुकभर रहेका सिङ्गो अहिंसावादी बौद्ध धर्म विश्व शान्ति चक्र संघ आवद्ध अनुयायी परिवार स्तब्ध बनेको छ ।